मुम्बई इन्डियन्स आईपिएलको प्ले अफमा

एजेन्सी। साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी९ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

दुबईमा बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई प्ले अफमा पुगेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको थियो । कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।

तालिकाको पुछारमा रहेको चेन्नईले कोलकातालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो । मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा रहेको छ ।

अब बाँकी रहेको २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ ।चेन्नई कोलकातासँग पराजित भएको भए मुम्बईले प्ले अफ पुग्न अझै एक खेल कुर्नु पर्ने थियो ।

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार ०१:१६