कोरोना संक्रमित सांसद पराजुली आईसीयूमा

कात्तिक १४,धनकुटा । कोरोना संक्रमण पुष्टि भएका धनकुटाका प्रदेश सांसद इन्द्रमणी पराजुलीको मोरङको बुढिगंगास्थित बिराट मेडिकल कलेजको आईसीयूमा उपचार भईरहेको छ । संक्रमण पुष्टि भएपछि धनकुटा सदरमुकामस्थित घरमा ‘होम आईसोलेशन’ बसेका सांसद पराजुलीको स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि बिराट मेडिकल कलेज लगिएको हो ।

स्वास्थ्यमा समस्या बढेपछि गत सोमबार अस्पताल पुर्याईएका सांसद पराजुलीको अहिले बिराट मेडिकल कलेजको आईसीयूमा उपचार भईरहेको छ ।

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार ०१:३५