बालुवाटार आउने ओलीको निम्तो प्रचण्डले मानेनन्

कात्तिक १४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ताका लागि राखेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्वीकार गरेका छन् । छलफलका लागि बालुवाटार आउन प्रचण्डलाई ओलीले तीन दिनदेखि आग्रह गरिरहेका छन् ।

विहीबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । पोखरेलले दुई अध्यक्षवीचको सम्वादहीनता तोड्न प्रचण्डसँग आग्रह गरेका थिए । पोखरेल खुमलटार पुगेकै बेला बालुवाटारबाट प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर ‘आउनोस् छलफल गरौं’ भनेका थिए ।

प्रचण्डसँग सम्वाद हुन नसकिरहेका बेला मंगलबार प्रधानमन्त्री ओलीले अर्का बरिष्ठ नेता माधवकुमार नेपालसँग भने लामो छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्ड र पूर्वमाओवादी समूहसँगको गुनासो पोख्दै माधव नेपाललाई मिलेर अघि बढ्न तयार रहेको बताएका थिए ।
तर, प्रधानमन्त्री ओलीको सन्देश लिएर खुमलटार पुगेका मुख्यमन्त्री पोखरेललाई प्रचण्डले अहिले बालुवाटार नजाने जवाफ दिएको स्रोतले जनायो । जनार्दन शर्मालाई कोरोना पोजेटिभ देखिएको र शर्मासँग आफ्नो पनि उठबस भएकाले केही दिनपछि मात्रै प्रधानमन्त्रीसँग भेट्नु स्वास्थ्यको हिसाबले उपयुक्त हुने प्रचण्डले जवाफ दिएको स्रोतले बतायो ।

ओली–प्रचण्डबीच नौ दिनयता सम्वाद हुन सकेको छैन । गत कात्तिक ४ मा ओली र प्रचण्डबीच निकै लामो सम्वाद भएको थियो । कर्णाली प्रदेशको विवाद हल गर्न भएको छलफलबारे ओली र प्रचण्डका तर्फबाट छुट्टा–छुट्टै प्रेस नोट जारी भएयता सम्वाद रोकिएको छ ।

दुई अध्यक्षबीच भएको सहमतिविपरीत ओलीले निर्णय लिने गरेको भन्दै रिसाएका प्रचण्डले बालुवाटार जाने प्रस्ताव कोरोनाको बाहना बनाएर अस्वीकार गर्दै आएका छन् ।

प्रचण्डसँग सम्वाद हुन नसकिरहेका बेला मंगलबार प्रधानमन्त्री ओलीले अर्का बरिष्ठ नेता माधवकुमार नेपालसँग भने लामो छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्ड र पूर्वमाओवादी समूहसँगको गुनासो पोख्दै माधव नेपाललाई मिलेर अघि बढ्न तयार रहेको बताएका थिए । आफू मिलेर जान खोज्दा पनि कार्यकारी अध्यक्षकै कारण समस्या उत्पन्न भइरहेको प्रधानमन्त्रीले नेता नेपालसँग गुनासो गरेको स्रोतले बतायो ।साभार–अनलाईन खवरवाट

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार ०२:५४