नेकपाबाट चुनाब जितेका जनप्रतिनिधिहरू आफूले शुरूवात गरेका विकासनिर्माणमा रिबन काट्दै हिँडेको छन् –केन्द्रिय सदस्य जोशी

पर्वत– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेकपाबाट चुनाब जितेका जनप्रतिनिधिहरूले गाउँमा विकासको सिन्को भाँच्न नसकेपनि हिजो आफूले शुरूवात गरेका विकासनिर्माणमा आज रिबन काट्दै हिँडेको आरोप लगाउनु भएको छ । नेता जोशीले आज फनपा–२ थापाठानामा नेपाली काँग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै उक्त कुरा वताउनु भएको हो ।

नेता जोशीले चुनाबको पराजयपछि कार्यकर्तामा निराशा आएको वताउँदै एउटा निर्वाचनमा चुनाब हारेर राजनीति नसकिने दावी गर्नुभयो । नेता जोशीले चुनाबमा अफवाह र भ्रमको खेती गरेर निर्वाचन जितेपनि नेकपाको सरकारसँग जनताहरू अत्तालिइसकेको वताउनु भयो । उहाँले सरकारले देशमा भ्रष्ट्राचार गरेकोस हिंसा र हत्याको संरक्षण गरेको र महङ्गी बढाएको वताउँदै काँग्रेसले आजसम्म पर्ख र हेरको अवस्थामा रहेपनि अब भने नेकपा सरकारको ज्यादतीविरूद्घ शसक्त आन्दोलनमा लाग्नुको विकल्प नरहेको धारणा राख्नुभएको थियो ।

नेता जोशीले अब सरकारले गरेका गलत कामहरूको भण्डाफोर गर्ने बेला आएको दावी गर्दै आन्दोलनमा होमिन कार्यकर्तालाई चुल्हेनिम्तो गर्न आफू गाउँ–गाउँमा हिंडिरहेको जानाकारी गराउनु भएको थियो ।

प्रकाशित मिति २९ पुष २०७५, आईतवार १३:२१