उपत्यकामा थपिए १३५७ संक्रमित, काठमाडौंमा मात्र १६८९० सक्रिय संक्रमित, २१९ को मृत्यु

कात्तिक १५, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३ सय ५७ कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८८ पुरुष र ५६९ महिला गरेर २४ घण्टामा उपत्यकामा १३ सय ५७ संक्रमित थपिएका हुन् ।

अहिले काठमाडौं जिल्लामा मात्र १० हजार ५०१ जना होम आइसोलेसनमा छन् । ललितपुरमा २२ सय ५७ जना होम आइसोलेसनमा हुँदा भक्तपुरमा भने १७ सय १९ जनामात्र छन् ।

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार ११:३३