पर्वतको चुवामा स्वर्गिय सुवेदीको सम्झानामा श्रद्धाञ्जली सभा सम्पन्न

कात्तिक १५, पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस साविक चुवा गाउँ विकास समितिका पूर्व सभापति एवम् समाजसेवी स्वर्गिय भोलाप्रसाद सुवेदीको नवौ दिनको पु०य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

नेपाली काँग्रेस वडा कार्य समिति चुवाले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले स्वर्गिय सुवेदीको निधनले काँग्रेसलाई अपूरणीय क्षति भएको बताउनु भयो । नेता जोशीले समाज रुपान्तरणको पक्षमा निरन्तर क्रियाशील रहेको बताउँदै स्वर्गिय सुवेदीले समाजप्रति देखेका सपना पुरा गर्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारण व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, नेपाली काँग्रेस पर्वतका आमन्त्रित सदस्य एवम् नेपाली काँग्रेस यातयात विभागका केन्द्रिय सदस्य शिवप्रसाद सुवेदी, कुश्मा नगरपालिका वडा अध्यक्ष राजकुमार क्षेत्री, टे«ड युनियन पर्वतका अध्यक्ष सुरेन्द्र केसी, नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका सभापति रुद्रवहादुर रिमाल लगायतका नेताहरुले दिवाङगत आत्माको चिर शान्तिको कामना गर्दै स्वर्गिय सुवेदीले समाजमा पुयाएको योगदान अतुलनिय रहेको बताउनु भएको थियो ।

नेपाली काँग्रेस वडा कार्य समिति चुवाका सभापति देवीप्रसाद पाख्रेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन पार्टी सचिव लक्ष्मण पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार १२:४२