जनतालाई सास्ती, ठूलाबडालाई मस्ती : बजार बन्द गर्न लगाएर सिडियो सहित राष्ट्रिय सभाका अध्यक्षको जम्बो टोली डाँडाकाँडा सयर

कात्तिक १६, पर्वत । सदरमुकाम कुश्मा बजार क्षेत्रमा तुलनात्मक रुपमा लक्षण सहित कोरोना भाइरस (कोभिड–१९) संकमित व्यक्ति देखिन थालेको र मानिसको मृत्यु समेत भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा कात्तिक १३ बिहिवार बैठक बस्यो । संकट व्यवस्थापन केन्द ९म्ऋऋःऋ०, राजनितिकदलका प्रतिनिधी र सरोकारवालाहरबीच बसेको बैठकले कुश्मा नगरपालिको कार्यालय तथा सदरमुकाम क्षेत्रका ४ ५ ६ र ७ नम्वर का वडा कार्यालयहरुवाट प्रदान गरिने सेवाहरु बैंक एवं बित्तिय संस्थाहरुवाट प्रदान गरिने सेवाहरु र अत्यावश्यकवाहेकका पसलहरु कात्तिक १४ गते १२ बजेदेखी २१ गते राती १२ बजेसम्मलाई बन्द गर्ने निर्णय ग¥यो । निर्णय गरेको २४ घण्टा नबित्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , प्रमुख जिल्ला अधिकारी सहितको जम्बो टोली मोदी गाउँपालिकाको भवरकोटको भ्रमणमा पुगेको छ ।

कोरोनाको संत्रास फैलिएको भन्दै सदरमुकाम कुश्मा बजार एक हप्ता बन्द गर्ने निर्णय गरेर प्रमुख जिल्ला अधिकारी सहित राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, मोदी गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारी, मोदी २ का अध्यक्ष विकास तिमिल्सिना, मोदी ३ का अध्यक्ष देबेन्द्रबहादुर क्षेत्री लगायत ४०÷५० जनाको संख्यामा टोली शुक्रवार भमरकोट पुगेको हो । साँझ भमरकोट पुगेको टोली राती १ बजेसम्म नाचगानमै मस्त थियो ।

सर्वसाधारणलाई लकडाउन उल्लघंन गरे कडा कारबाही गर्ने चेतवानी दिएका सिडियोले आफैले नियम उल्लघंन गरेको भन्दै पर्वतका सर्वसाधारणले सिडियो र राष्ट्रियसभाका अध्यक्षको चर्को आलोचना गरेका छन् । कोरोना समुदायमै फैलिएको भन्दै भिडभाड नगर्न, बिना काममा घर बाहिर ननिस्कन र मेला महोत्सव तथा भेटघाट जस्ता कार्यक्रम नगर्न आग्रह गरेका सिडियोले नै नियमको उल्लघन गरेको भन्दै उनको चौतर्फी आलोचना भएको हो । कोरोना फैलिन नदिन नियम पालना गर्न सर्वसाधारणलाई अनुरोध गर्ने प्रसासन कार्यालय आँफु भने मस्तीमा लागेपछि सर्वसाधारणहरुले उसले दिने आदेश किन मान्ने भन्ने प्रश्न गर्छन ।

यता प्रमुख जिल्ला अधिकारी शम्भुसाद रेग्मीले पदमार्गको प्रर्वद्धनमा भमरकोट आएको स्वीकार गरे । पर्यटन प्रबर्दनमा लेकाली क्षेत्रमा पुगेको सिडियोको जवाफ आएको छ । तर, अहिले पर्यटन क्षेत्र तहसनहस भएको बेला कस्तो खालको प्रबर्दन गर्न खोजिएको स्पष्ट हुन सकेको छैन । सदरमुकाम कुश्मा बजारमा लकडाउन भन्दै पसल व्यवसाय बन्द गराएर तपाई किन जम्बोटोली सहित त्यहाँ पुग्नु भएको हो भन्ने हाम्रो प्रश्नमा उनले भने,‘हामी पर्दमाग प्रर्वद्धनका लागि यहाँ आएका हौँ , सम्माननिय ज्यू आएपछि हिँड्नुपर्छ, यो हाम्रो रहर होईन । तपाईले भनेजस्तो जम्बोटोली यहाँ छैन । सुरक्षाकर्मी साथीहरुको पनि कार्यक्रम भएकाले म यहाँ आएको हुँ ।,’ उनले कार्यालयमै आएर भेट्ने भन्दै संवाद गर्न मानेनन् ।

यता जिल्लामा कोरोना संक्रमणदर बढिरहेको बेला राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना महिनै पिच्छे पर्वत आएर जम्बोटोली सहित भेटघाट र राजनितिक कार्यक्रममा व्यस्त हुँदा जिल्लामा जोखिम बढेको स्वयम नेकपाका नेताहरु बताउँछन् । अध्यक्ष तिमिल्सीना जिल्लामा निस्फिक्री घुमेर झन कोरोनाको जोखिम बढाएकाले भिआईपीलाई संकटको बेला गाउँ नडुल्न सर्वसाधारणहरुले अनुरोध गर्दै आएका छन् । जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा उनको भूमिका कमजोर देखिन्छ ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार ०२:०९