कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर, ओली पक्षका दुई मन्त्री हटाइँदै

कात्तिक १६, काठमाडौं । कर्णाली प्रदेशका आज मन्त्रीमण्डल हेरफेर हुनेभएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेर गर्दैछन् । केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ ।

स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ ।

बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।साभार–अनलाईन खवरवाट

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार ०३:३३