गण्डकीमा आज थपिए १६३ कोरोना संक्रमित, थप तीनजनाको मृत्यु

कात्तिक १६, पर्वत । गण्डकी प्रदेशमा आइतबार बिहान थप १६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको संख्या सात हजार ४७९ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोदविन्दु शर्माद्वारा जारी गरिएको आइतबारको पहिलो विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणमा सात जिल्लाका ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको छ।

संक्रमितमध्ये बाग्लुङका तीन, गोरखाका पाँच, कास्कीका छ, लमजुङका दुई, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का दुई, स्याङ्जाका एक र तनहुँका ११ जना रहेका छन्।

निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्तिअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कास्कीका मात्रै ३२ जनामा संक्रमणको पुष्टि भएको छ। यस्तै, तेस्रो विज्ञप्तिमा कास्कीका ४३, तनहुँका दुई, गोरखाका एक, म्याग्दीका एक र स्याङ्जाका दुईजनामा संक्रमणको पुष्टि भएको जानकारी दिइएको छ।

चौथो विज्ञप्तिमा स्याङ्जाका तीन, पर्वतका दुई, लमजुङका आठ, तनहुँका पाँच, नवलपरासी ९पूर्व० का १४ र कास्कीका २० जनामा संक्रमणको पुष्टि भएको जानकारी दिइएको छ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार ०३:४६