मेलिना राईको गीतमा दयाहाङ र बिमलाको जीवन्त अभिनय

कात्तिक १६, काठमाडौँ । लोकप्रिय गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको गीत ‘आउन माया’को भिडियो बाहिरिएको छ । गायक तथा संगीतकार हरि लम्सालको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको छ ।

भिडियोमा आँफुलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल उनको महत्व बुझेको कथालाई मार्मिक तरिकाले देखाइएको छ । किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् भने छायांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार ०४:५३