परिचयपत्र विवरण संकलनमा भद्रगोल

कात्तिक १६, काठमाडौँ । राष्ट्रिय पञ्जीकरण तथा परिचयपत्र विभागले ललितपुर जिल्लाका लागि नियुक्ति गरिएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा गएर काम गर्न दबाब दिन थालेको छ ।

ललितपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यक्रम स्थगित भएपछि सोही जिल्लाका लागि नियुक्ति पाएका दर्ता अपरेटरहरुलाई सिन्धुलीमा जान अप्रत्यक्ष दबाब दिन थालेको हो । तर दर्ता अपरेटरहरुले राजधानीसँग जोडिएको जिल्लामै विवरण संकलन कार्य भद्रगोल भएको भन्दै सिन्धुलीमा गएर काम गर्न रुचि देखाएका छैनन् ।

दर्ता अपरेटरहरुले विवरण संकलनका लागि व्यवस्थापकीय जिम्मेवारी मिलाउने काममा विभाग र प्रशासन कार्यालय गम्भीर नभएको आरोपसमेत लगाउँदै आएका छन् । उनीहरुले यस्तो अवस्था र त्यसमाथि कोरोना महामारीको बेला सिन्धुलीमा गएर कसरी काम गर्ने भन्ने प्रश्न विभाग समक्ष तेस्याउँदै आएका छन् । विभाग र दर्ता अपरेटरहरुबीच उत्पन्न असमझदारी विभाग र जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म सबैलाई चित्त बुझ्ने गरी समाधान गर्न नसकेकको पाइएको छ ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार ०४:५९