पर्वतमा आज दुई कोरोना संक्रमित थपिए

पर्वत, १६ कार्तिक । पर्वतमा आईतबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पर्वतको महाशिला गाउँपालिका- ५ का २६ वर्षीय पुरुष र वडा नं ३ का २६ वर्षीय अर्को पुरुष रहेका छन् । उनीहरु मध्ये एक पुरुष बैंकमा कार्यरत कर्मचारी हुन् ।

महाशिला गाउँपालिकाका प्रवक्ता जिवन उचै ठकुरीका अनुसार थप भएका संक्रमित कोरोना भाईरस संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ्गमा पहिचान भएका हुन ।

ठकुरीले दिएको जानकारी अनुसार यस अगाडि कोरना संक्रमित भएका ३ जना पुरुष भने कोरोनालाई जितेर पुर्ण रुपमा निको भई घर फर्किएका छन् ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार ०५:०९