पर्वतमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

कात्तिक १९,पर्वत । पर्वतको कुस्मामा मंगलवार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा कुस्मा नगरपालिका ६ का ५५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका ब्यक्ति बिभिन्न सामाजिक क्षेत्र साथै शिक्षा क्षेत्रमा क्रियाशिल छन । यो संगै पर्वतमा संक्रमितको संख्या १ सय ७८ पुगेको छ । २४ जना सक्रिय संक्रमित मध्ये ५ जना आइसोलेसन र १९ जना होम आइसोलेसनमा बसेका छन् । प्रदेश स्वास्थ्य निर्देशानालय गण्डकीका अनुसार पर्वतमा आजै थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिपि कोइराला क्यान्सर अस्पताल भरतपुरमा गरिएको परिक्षणमा २२ बर्षका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरुको बिबरण खुलेको छैन ।

पर्वतबाट स्वाब संकलन गरि पठाइएकाको मात्र जिल्लामा बिबरण प्राप्त हुने तर आफै अन्य जिल्लामा पुगेर स्वाब दिनेको बिबरण भने जिल्लामा नआउने स्वास्थ्य कार्यालय पर्वतका प्रबक्ता प्रबिण भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०१:००