कर्णालीमा देउसी भैलो खेल्न नपाइने

कात्तिक २०, काठमाडौँ । नेपालीको दोस्रो महान पर्व तिहारको अवसरमा खेलिँदै आएको देउसी भैलो यस वर्ष कर्णालीमा खेल्न नपाइने भएको छ।

कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमण कर्णालीको समुदायस्तरमा फैलिएको भन्दै देउसी भैलो खेल्न निषेध गर्ने निणर्य गरेको हो।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले देउसीभैलो खेल्न नदिन पूर्णरुपमा कडाई गर्ने र कुनैपनि मेला लगाउन नदिने निणर्य गरेको हो।

बैठकले गरेको निणर्य अनुसार तिहारमा सुरक्षा सर्तकता अपनाएर घर भित्रै बसेर टिका लगाउन पाइनेछ। बैठकले कोरोना संक्रमण दिनप्रतिदिन समुदायस्तरमा फैलिईसकेकोले संक्रमण नियन्त्रण र उपचारमा कठिन अवस्था सृजना हुने निश्कर्ष निकाल्दै बदलिदो मौषम, नजिकिएको तिहार, छठ पर्व र प्रदेश राजधानी तथा जिल्लामा रहेका अस्पतालहरुको क्षमतालाई ध्यान दिई सुरक्षा सर्तकता अपनाउन समुदायस्तरमा प्रचारप्रसार गर्ने निणर्य गरेको छ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०३:००