प्रदेश १ मा कोरोना : डिस्चार्जको संख्या बढ्दै

कात्तिक २०, विराटनगर । प्रदेश १ मा पछिल्लो समय कोरोना संक्रमण जितेर निको हुनेको संख्या बढ्न थालेको छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार मात्रै प्रदेशका विभिन्न स्थानबाट ४ सय २२ जना डिस्चार्ज भएका छन्।

संक्रमण जित्नेमा होम आइसोलेशनमा रहेका धेरै रहेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। मन्त्री घिमिरेका अनुसार बुधबार मात्रै होमआइसोलेशनबाट २ सय ३४ जनाले कोरोना जितेका छन्।

अन्य डिस्चार्ज हुनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कालि सदन आइसोलेशन, र बैजनाथपुर आइसोलेशनबाट ७(७ जना रहेका छन्।

यस्तै बुधबारनै नोबेल अस्पताल र बेलबारी आइसोलेशनबाट ६(६, धाइजन आइसोलेशन केन्द्र र न्युरो अस्पतालबाट ४(४, जिल्ला अस्पताल संखुवासभा र मारवाडी सेवा सदन आइसोलेसनबाट ३(३, कोभिड १९ आइसोलेशन अस्पताल, कोभिड १९ आइसोलेशन केन्द्र रंगेली र मेची अस्पतालबाट २(२, इलाम अस्पताल, कोभिड १९ आइसोलेशन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र वि जेनरल अस्पताल हरिनगरबाट १(१ जना डिस्चार्ज भएका हुन। हालसम्म प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १२ हजार १ सय १ पुगेको छ।रप्रसार गर्ने निणर्य गरेको छ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०३:०३