पर्वत: जलजला गाउँपालिकाका  १० सहित १३ जनामा संक्रमण

कात्तिक २०, पर्वत । पर्वतमा आज थप १३ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार जलजला गाउँपालिकामा मात्रै १० जना संक्रमीत रहेका छन् । जलजला गाउँपालिकाको वडा न ३ का ६६, ७३, ३८, ५७, ७४, ३२, ३८, र २८ बर्षका पुरक्ष रहेका छन् । यसैगरी सोहि वडाका ३५ र ५४ बर्षका पुरुष छन् ।जलजला गाउँपालिकामा ठुलो संख्यामा कोरोना देखिएपछि उक्त क्षेत्रमा त्रास फैलिएको छ ।


यसैगरी कुश्मा नगरपालिका वडा न १० का २२ बर्षका पुरुष पनि संक्रमीत भएका छन् । निर्देशनालयले जारी गरेको विज्ञप्तिमा कुश्मा नगरपालिका वडा न ६ का ५५ बर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यसैगरी कुश्मा ७ का ५१ बर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज जलजलामा संक्रम पुष्टि भएकाहरु मध्ये १ जना बनौ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा २ जना एनआइसिया एसिया वैकका कर्मचारी तथा १ जना सांग्रीला वैंकका कर्मचारी तथा अन्य ३ जना जलजला गाउँपालिकाका ब्यक्तिहरु रहेको जलजला गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०८:०९