कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै

कात्तिक २०, काठमाडौँ । सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनले स्थगित भएको नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठक आज बस्दैछ । वरिष्ठ नेता रामचन्द्र पौडेलको माग सम्बोधन गर्न सभापति सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको १६ बुँदे विरोध पत्रमा केन्द्रित भएर छलफल हुनेछ ।

भोलि शुक्रबार केन्द्रीय समिति बैठक बस्ने भएकाले विवादका विषयमा सभापति देउवाले त्यसअघि सहमति गर्न खोजेका हुन् । पौडेल पक्षले क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठनलगायतमा संंस्थापनसँग असन्तुष्टि राख्दै आएको छ । सभापति देउवाले गठन गरेका विभाग खारेज गर्न गर्नुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०९:०५