नेकपा विवाद : प्रचण्ड-नेपालले गरे पेरिसडाँडामा कानुन व्यावसायीसँग छलफल

कात्तिक २०, काठमाडौँ ।प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्ट नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले बिहीबार केही कानुन व्यावसायीसँग छलफल गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले कानुन व्यावसायीसँग छलफल गरेका हुन् ।

पार्टीभित्रै विवाद चुलिएका बेला प्रधानमन्त्रीले लिनसक्ने एक्सन, महामारीको बहानामा उठाउन सक्ने कदमको कानुनी अवस्थाबारे नेताहरुले कानुन व्यावसायीसँग छलफल गरेको स्रोतको भनाई छ । नेताहरुले संवैधानिक र कानुनी व्यवस्थाका बारेमा आफुनिकट कानुन व्यावसायीसँग सुझाव लिएको स्रोतले बतायो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टीको निर्णय नमानेको, पार्टी र सरकारमा एकालौटी ढंगले अघि बढेको विषयमा प्रचण्ड, नेपाल, झलनाथ खनालसमूह असन्तुष्ट छन् । पार्टीभित्र विवाद बढ्दै गएका बेला बुधबार प्रधानमन्त्री ओलीले आफुले जुनसुकै परिस्थितिमा प्रधानमन्त्रीबाट राजीनामा नदिने र आफुले राजिनामा दिए देश बर्बादीतिर जाने बताएका थिए । साभार–नयाँ पत्रिकावाट

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०९:२३