ओली-प्रचण्डबीचको छलफल सकियो, भएन सहमति

कात्तिक २०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल बिनानिष्कर्ष सकिएको छ । झण्डै तीन घण्टा भएको छलफल विनानिष्कर्ष सकिएको हो ।

सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्तिको सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद हुँदै आएको थियो । नेताहरुले पुरानै अडान दोहोर्याएपछि सहमति बन्न नसकेको बुझिएको छ ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०९:४६