पोखरामा एक महिने शिशुसहित चार कोरोना संक्रमितको मृत्यु

कात्तिक २१,पोखरा । कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तीन र गण्डकी मेडिकल कलेजमा एकजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन र बागलुङको जैमिनी नगरपालिकाका एकजना छन् ।

डा। शर्माका अनुसार पोखरा महानगरपालिका–१७ का ७५ वर्षीय पुरूषको उपचारको क्रममा शुक्रबार बिहान ९ बजे पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । वृद्धमा १४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार ०९:३१