कोरोना संक्रमित कलाकार गजुरेलको आइसियूमा उपचार हुँदै

कात्तिक २१,काठमाडौं । कोरोना भाइरस संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका मनोज गजुरेलको स्वास्थ्य अवस्था जटिल अवस्थामा पुगेको छ । उहाँलाई बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

थप उपचारको लागि उहाँलाई बिहीबार आइसियूमा सारिएको छ पारिवारिक स्रोतले जनाएको छ । गजुरेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार ०९:३५