काँग्रेसका थप ६ केन्द्रीय सदस्यमा कोरोना पुष्टि

कात्तिक २१, काठमाडौँ । नेपाली कांग्रेसका थप ६ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार केन्द्रीय सदस्य, पार्टी कार्यालयका कर्मचारीलगायत ८२ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ जना केन्द्रीय सदस्यमा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार बिहान आएको परीक्षण रिपोर्टमा सुरेन्द्र पाण्डे, श्याम घिमिरे, किरण यादव, सुजाता परियार, नसिर सिद्धिकी र कृष्ण किसोर घिमिरेमा संक्रमण देखिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

६ जना केन्द्रीय सदस्यसँगै एकजना नेताका पीएसओ र एकजना चालकको पनि रिपोर्ट पोजिटिभ आएको जनाइएको छ ।

यसअघि पनि कांग्रेसका केही केन्द्रीय सदस्यलाई कोरोना देखिएको थियो।शुक्रबारदेखि शुरू हुने भनिएको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुनेहरूको पीसीआर परीक्षण गरिएको थियो।

तर केन्द्रीय कार्यसमिति बैठक २४ गतेलाई सारिएको छ ।

प्रधानमन्त्री ओलीलाई जानकारी दिएर प्रचण्डले धुम्बाराहीमा बैठक बोलाएका हुन् । प्रचण्डले बोलाएको बैठकमा बादल पनि अनुपस्थित छन् । गएको कात्तिक १६ को खुमलटार भेलामा भने बादल सहभागी भएका थिए ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार १०:५८