पर्वतको मोदीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

कात्तिक २१, पर्वत । पर्वतको मोदी गाउँपालिकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा एक जना पुरुष र दुई जना महिलामा संक्रमण भेटिएको हो । कार्तिक १७ गते मोदि गाँंउपालिकामा गरिएको कन्ट्रयाक ट्रेसिङका क्रममा उहाँहरुको पिसिआर परिक्षण गरिएको थियो ।
संक्रमित हुनेहरूमा मोदी(२, देउपुरका बर्ष ५० र ३७ का २ जना महिला हुनुहुन्छ भने अर्का १ जना मोदी(६ तिलाहारका बर्ष ३९ का पुरूष रहेको मोदी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार १४:४८