नेपालका ६२ कर्मचारीलाई भारत सरकारको तालिम

पर्वत– भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ न्तर्गत नेपाल सरकार अर्थ मन्त्रालयका ६२ कर्मचारीलाई तालिम दिइएको छ । नेपालको अर्थ मन्त्रालयको सिफारिसमा कर्मचारीहरुलाई तालिमको व्यवस्था मिलाइएको काठमाडौ स्थित भारतीय दूतावासले विज्ञिप्तमार्फत जनाएको छ ।

विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि लगायतका विषयमा तालिमा दिइएको बताइएको छ । आजको अन्नपूर्ण पोष्टमा खवर छ ।

प्रकाशित मिति १ माघ २०७५, मंगलवार ०५:४६