पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा पुन : नेत्र आले

कात्तिक २४, पर्वत । पर्वत वेलफेयर सोसाइटी यूकेको आठौँ अधिवेशनले नेत्र आलेलाई पुन ः अध्यक्षमा निर्वाचित गरेको छ । दोसो कार्यकालका लागि निर्वाचित आले अघिल्लो कार्यकालमा उत्कृष्ट कार्य गरेको तथा कोरोना भाइरसका कारण अधुरा रहेका कामलाई निरन्तरता दिने उद्देश्यले आले पुन अध्यक्षतामा निर्वाचित हुनुभएको हो । पर्वत जिल्लाको पैयु गाउँपालिकामा जन्मिनु भएका आले लामो समयदेखी यूकेमा बस्दै आउनु भएको छ ।

०८ नोभेम्वर २०२० आइतबार भएको भर्चुअल अधिवेशनले आलेको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो । कार्य समितिको बरिष्ठ उपाध्याक्षमा बिनोद पुरी, उपाध्यक्षमा अप्सरा गुरुङ र सुरज पौडेल, महासचिवमा प्रकाश न्यौपाने, सचिवमा सरोज केसी र भिमलाल भट्टराई, कोषाध्यक्षमा कुलराज गुरुङ, सह–कोषाध्यक्षमा यम थापा र सन्जय भण्डारी निर्वाचित हुनुभएको छ । समितिको सदस्यहरुमा भिम पुर्जा, नारायण गिरी, राजकुमार गुरुङ (बाबु), होमविक्रम मल्ल, प्रकाश पुन, पार्वती थापा, पार्वती पुन, ध्रुव दत्त, कल्पना गुरुङ, शोभा थापा, चन्दन गुरुङ, शान्ता गुरुङ र लिडिया गुरुङ निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक एवम् संस्थाका संस्थापक अध्यक्ष हितकाजी गुरुङले शपथग्रहण गराउनु भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गदै पर्वत वेलफेयर सोसाइटी यूकेका संस्थापक अध्यक्ष एवम् निर्वतमान सल्लाहकार हितकाजी गुरुङले नवनिर्वाचित कार्य समिति उर्जावान भएकाले संस्थाको गरिमालाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्वत वेलफेयर सोसाइटी बेलायतको एक सशक्त सामाजिक संस्थाको रुपमा रहेको र यसले बेलायत मात्र नभई मातृभूमीलाई पनि उत्तिकै सहयोग गर्दै आएको बताउनु भयो । पर्वत वेलफेयर सोसाइटी यूके निवास्र्थ सामजिक कार्य गर्ने उद्देश्यले स्थापना भएको बताउँदै थप जिम्मेवारी बोधका साथ अघि बढ्न शुभकामना दिनुभयो ।


अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष एवम् संस्थाका सल्लाहकार पुरन गिरीले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गदै अन्तराष्ट्रिय पर्वत समाज र पर्वत वेलफेयर सोसाइटी यूके निरन्तर सहकार्य गरेर काम गदै आएको बताउनु भयो । संस्थाका निर्वतमान अध्यक्ष एवम् सल्लाहकार दधि आचार्यले नयाँ समिति थप सशक्त ढंगले अघि बढ्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सल्लाहकारहरु ज्ञाम गुरुङ, मेजर कृष्ण गुरुङ, कुल आचार्य, थर्क राना, धनबहादुर थापा, हरि गुरुङ, कुसाङ्ग गुरुङ र युवन गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा निवर्तमान महासचिव भरत पौड्यालले संस्थाले दुई वर्षमा गरेका कार्यहरुको जानकारी गराउनु भएको थियो भने निवर्तमान कोषाध्यक्ष सुरज पौडेलले आर्थिक प्रतिबेदन पेस गर्नु भएको थियो ।

कार्यक्रममा पर्वत वेलफेर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले संस्थाले हालसम्म गरेका सामजिक कार्यमाथी प्रकाश पार्नु भयो । उहाँले पर्वत वेलफेर सोसाइटी यूकेले पर्वत जिल्लाको विकास र समृद्धिमा काम गदै आएको दावी गदै बेलायतमा भएका सम्पूर्ण पर्बतेलीलाई समेटेर सम्बृद्ध पर्बत निर्माणमा जुट्ने धारण राख्नुभयो । साथै आफ्नो पर्वते दाजुभाई,दिदिबहिनी एवम् संघसंस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।उक्त कार्यक्रममा स्वागत निर्वतमान उपाध्याक्ष एक पुन र कार्यक्रमको संचालन महासचिव भरत पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति २४ कार्तिक २०७७, सोमबार ०६:१६