मेरो बाल्यकाल र समाज

जबजब म आमाको कोखबाट यस धर्तीमा प्रवेश गरे तब तब जन्मिएको १र२ वर्ष त रुनेकराउने मै बित्यो होला सायद।त्यसको १र२ वर्षपछि फेरि हातखुट्टा लर्बराउदै हिड्न खोज्थे तर म भुइँमा लम्पसार परेर हिलो खेलाइरहेको मेरि आमा अनि बुवा पक्कै मन पराउनुहुन्थेन र कोर्कोमै ल्याएर हाहाहा भनी शान्त्वना दिनुहुन्थ्यो म स्मरण गर्छु।हुर्किएका मेरा शरीरका अङ्ग अनि चेत खुलेको भनौ या अलिकति जान्नेभएपछी मलाई मेरो बुवा आमाले त्यो एकान्तवासको अनुभव दिलाउने कोर्को बाट भुइमा ल्याइपुर्याउनुहुन्थ्यो र म यो रङ्गिन अनि स्वार्थी सन्सारलाई नियाल्दै गर्थे।

म सानो छदा धेरै नै ख्याल गर्ने मेरो बुवा आमा कुन्नी मेलापात जानुभएको आज मलाई के खायो ,के गरि बसेको होला भनि किन अध्ययन गर्नुभएको छैन कि म अब जान्ने भए भन्ने मानसिकताले मलाई उहाहरुले एक्लै घरमा छोडिजानुभएको भनि आफैले आफैलाई प्रश्न गर्दै पिढिका ओल्ला खामा समाउदै पल्ला खामा सम्म बल्ल बल्ल घिर्सिदै र हात टेक्दै पुग्थे।अनायसै यत्तिकैमा गोबरका भारी बोकि बाइ बाइ भनि हासो मुख लिएर खेतवारी जानुभएका मेरा बुवा आमा आउदा ठुला ठुला डोकिमा मज्जाले कस्क्याइएका घासका भारी बल्लतल्ल गर्दै निधारमा आशुका धारा बगाउदै आएर भन्नुहुन्थ्यो ल हेर्नुस त हजुरको छोरो आज पनि हिलै धुलै भएछ । म कहाँ बिर्सिन्छु होला र मलाइ समातेर मेरा ती हिलाम्मे र धुलाम्मे भएका हातगोडा तातोपानी तताएर पखालिदिएको अनि मेरा ती फोहोर भएका लुगालाई फुकाल्दिएर ल ल स्यानु नरोउ भन्दै अर्को लुगा फेरिदिएको।

आज ती दिनमा म न त करोड खर्च गरेर नै प्रवेश (पाल्न)गर्न सक्छु न त टाउको फोरेर नै। त्यसैगरी जब म अलिकति बुझ्ने भए पल्लाघरे ठुलाबाले भन्नुहुन्थ्यो ल है फलानाको घर भोलिबाट कोदो रोप्ने रे,हाम्रो पनि तिर्न बाकी रहेका खेतालाहरु भोलि डाकेर स्वाराको पाटो सक्नुपर्छ ।कति निच सोच हेर्नुस है.मेलापात जाँदै गरेकी एउटि निर्दोष चेलीरछोरीलाई खेताला वा छिमेकी दाजुभाइ सङ्गै देख्दा वा बाटोमा फेला पार्दै गर्दा ओहो!ल है फलानाकी छोरी योरत्यो सङ्ग पल्किछ(सल्किछ)।फेरि उपल्लाघरे डम्मरे काकाले फलानाकोमा त आज सिङ ,पुच्छर ,कान,खुट्टा चटक्क मिलेको बाच्छो ल्याएकाछन रे हामी पनि सके त्यो भन्दा राम्रो ,नत्र त्यतिको त ल्याउनै पर्छ भन्दै प्रतिस्पर्धा गर्दैछन् ।यसैगरी उता हर्क अङ्गकल पनि ओहो!फलानाको घर दाउराको कति ठूलो हार बनाएका हाम्रोमा भने भरे बाल्ने सिन्को छैन भन्दै भोलिपल्ट एकाबिहानै कोही नउठ्दै बन्चरो काधमा राखेर एउटा निस्याम्म बनमा गएर ठ्याङ ठ्याङ पारी काचो रुख ढलाउनुहुन्थ्यो।

हेर्नुस् अझैपनि प्राय हाम्रो ग्रामीण समाजमा यस्तै यस्तै प्रकारका प्रतिस्पर्धा भइरहेका छन् ।अलिकति समाजमा चेतनाका अध्य्याय वाचन नगर्नेहो भने ग्रामीण भेगहरु यस रोगको सिकार हुन सक्छन् ।सोच बदलौ,उपलब्धिमुलक काममा प्रतिस्पर्धा गर्ने बानीको विकास गरौ ।

लेखकः जनप्रिय बहुमुखी क्याम्पस पोखरा बि.ए दोश्रो वर्ष पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थी तथा नेविसंघ विद्यार्थी नेता हुन।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार ०१:१९