no-image

कार्तिक २६ पर्वत

पर्वतको पैयुँ गाउँपालिकामा समूदायमा संक्रमण देखिएपछि हुवास बजार सहित केहि बजार क्षेत्र सिल गर्ने निर्णय भएको छ । स्थानीय विपद व्यवस्थापन समितिको आज बसेको बैठकले हुवासबजार, त्रिबेणी, डुँड, अर्थुनबजार, हातेमालो चोक, मर्दिखोला र भोर्लेबजार शिल गर्ने निर्णय गरेको हो । आज पैयुँ गाउँपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण बढ्ने संकेत देखिएकाले गाउँपालिकाले मानिसहरुको बढि भीड हुने क्षेत्र तोकेर शिल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो । शिल हुने क्षेत्रमा विहान ८ बजेदेखि ९ बजेसम्म र बेलुका ४ देखि ५ बजेसम्मका लागि किनमेलका लागि स्वास्थ्य मापदण्डको पालना गरि पसल खुल्ला हुने भएका छन् ।

तर, कक्षा ११ को परिक्षा भने सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गरि सुचारु रहने पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले आईतवार दुई जनामा संक्रमण देखिएपछि गाउँपालिका र मातहातका वडा कार्यालयको सेवा बन्द गरेको थियो । संक्रमण बढ्दै गएपछि शिल गर्नुपरेको जनाईएको छ ।

प्रकाशित मिति २५ कार्तिक २०७७, मंगलवार १३:११