नेपालमा २४ घण्टामा २१०३ जनामा कोरोना भाइरसको सङ्क्रमण

मंसिर ४, पर्वत । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार एक सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार एक सय ६रहेको छ ।पछिल्लो २४ घण्टामा थप दुई हजार आठ सय ५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या हालसम्म एक लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय ७६ पुगेको छ ।

प्रकाशित मिति ४ मंसिर २०७७, बिहीबार १४:३४