जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मंसिर ७, पर्वत । पर्वतको मोदी गाउँपालिका–१ भुकताङलेकी १९ बर्षिया किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा सोही स्थानका ३२ बर्षिय दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । परियारले ती किशोरीलाई जवरजस्ती करणी गरेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

पीडितको आमाले जवरजस्ती करणी मुद्धामा जाहेरी दरखास्त पेश गरेको हुँदा परियारलाई जबरजस्ी करणी मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी पर्वत जिल्ला अदालतवाट पाँच दिन म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकृत मनिष थापाले गण्डकी संचारलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार ००:२७