पर्वतको फलेवासमा दुई जना संक्रमित थपिए

मंसिर ७, पर्वत । पर्वतको फलेवास नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा एक पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो ।

३० वर्षिया महिला र २७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनिहरु दुवै जना कन्ट्राक्ट ट्रेसिङवाट पहिचान भएका हुन । यो सँगै पर्वतमा संक्रमितको संख्या २ सय ८१ पुगेको छ भने गण्डकी प्रदेशमा ११ हजार १३ पुगेको छ ।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार १२:४७