सन्दीप बन्द प्रशिक्षणपछि मात्र अष्ट्रेलिया जाने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने भएका छन् ।

अष्ट्रेलियाको बिग बास लिगमा सहभागिता जनाउन त्यसतर्फ जानुअघि सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने भएका हुन् ।

सन्दीपका व्यवस्थापक रमण सिवाकोटीले राष्ट्रिय टोलीको क्याम्पमा करिब १० दिन सहभागी भएर सन्दीप अष्ट्रेलिया जाने जानकारी दिएका छन् ।

प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार ००:१२