लोकप्रिय गायक तथा सर्जक कस्तुप पन्तको ‘जिन्दागी घाम छाँया’ (भिडियो हेर्नुहोस्)

गण्डकी संचार । गायक तथा सर्जक कस्तुप पन्तको एक पछि अर्कोको गित बजारमा आउने क्रम जारी छ । दशै लगत्तै जिन्दागी पानीको फोका बोलको गित बजारमा ल्याएका पन्तले तिहारको अवसरमा देउसी भैलो गित बजारमा ल्याएका थिए । एक पछि अर्को गितको सफलता प्राप्त भएसँगै पन्तले धमाधम गित बजारमा ल्याएका हुन् । पन्तको सोमवार अर्को नयाँ गित ‘जिन्दागी घाम छाया’ बोलको गित सार्वजानिक भएको छ ।

पन्तकै संगित र स्वरमा रहेको गितमा चर्चित गायिका कमला पोखरेलले साथ दिएकी छन् । उक्त गितमा संगित संचारकर्मी प्रकाश पौडेलको उत्कृष्ठ शव्द रहेको छ । गीतमा संगीत संयोजन कमल सरगमले गरेका हुन् । गीतको आकर्षक म्युजिक भिडियो बनेको छ । जसमा आशिर प्रताव जंग र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापागाईको सम्पादन र कपिल लामाको निर्देशन छ ।
नेपाली साँगितिक यात्रामा विगत २ दशकदेखी क्रियाशिल सर्जक तथा गायक पन्तले आफ्ना हरेक सृजना उत्कृष्ट रहेको दाबी गदै जिन्दागी धाम छायाँ बोलको गितलाई दर्शक तथा श्रोताले मन पराईदिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
गितको म्युजिक भिडियो हेर्नुहोस् ।

प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार ०१:०८