सरकारी छाप किर्ते मुद्दाका फरार  प्रतिवादी पक्राउ

मंसिर ९, पर्वत । सरकारी छाप दस्तखत किर्ते मुद्धामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । फलेवास प्रहरी चौकीले फलेवास नगरपालिका वडा नम्वर १० कुर्घा निवासी २६ बर्षिया हिमाल पौडेललाई पक्राउ गरेको हो ।

बागलुङ जिल्ला अदालतले २०७१ असार १९ गते सरकारी छाप दस्तखत किर्ते मुद्धामा पौडेललाई दोषी ठहर गदै ११ महिना आठ दिन कैद र ५० रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो । घरमै लुकीछुपी बसिरहेको अवस्थामा प्रहरीले पौडेललाई फेला पारेको थियो ।

पौडेललाई सोमवार नियन्त्रणमा लिई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्वतमा पेश गरिएको पर्वतका सूचना अधिकृत एवम् प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार ०३:११