पर्वतका विभिन्न ठाउँमा काँग्रेसको श्रद्धाञ्जली सभा

मंसिर १०, पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीस्थित राहालेपानीका स्वर्गीय सावित्री तिवारीको निधन भएको ९ औ दिनको अवसरमा श्रद्धाञ्जलीसभा समपन्न भएको छ ।

तिवारी प्रतिष्ठानले आयोजना गरेको उक्त श्रद्धाञ्जलीसभाका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य स्थानीय तह समन्वय बिभागका प्रमुख एबम संबिधान सभा सदस्य अर्जुनप्रसाद जोशीले उहाँको निधनले काँग्रेसमा अतुलनीय क्षति पु¥याएको भन्दै स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ । उहाँले सवैलाई सामाजिकमा पछिल्लो समय वढिरहेको महिला हिसांको खण्डन गर्दै यस्ता अपाच्य कार्यहरुमा असहमत रहनुपर्ने बताउनुभयो ।

यस्तै, फलेवास ३ कै गंगाधर भूषालको निधन भएको १२ औं दिनमा उहाँको घरमै पुगेर समवेदना प्रकट गरिएको थियो । भने,कुस्मा १४ आर्थरका स्वर्गीय भेष बहादुर क्षेत्रीको निधन प्रति पनि समवेदना ब्यक्त गरिएको थियो । सो अबसरमा नेता जोशीले स्थानीय तहले गरेका बिकास निमार्ण सहितका कामको अवलोकन गर्नुभयो । उहाँले शंकरपोखरी,थापाठाना,खौलालकुरी र आर्थका जनताहरुका गुनासाहरु समेत बुझदै समाधान गर्न स्थानीय तहहरु समझ अनुरोध गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष हिरप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको सो सभामा महासमिति सदस्य एबम् संगठन केन्द्रीय सदस्य गंगाधर तिवारी, जिल्ला कार्य समिति सदस्य डां चुडामणि शर्मा, जिल्ला कार्य समिती सदस्य एवंम् यातायात ब्यवस्था बिभागका केन्द्रीय सदस्य शिबप्रसाद सुबेदी, फलेबास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, फलेबास ३ का वडाअध्यक्ष अर्जुनबहादुर कार्की, नेपाल तरुण दल कुश्माका अध्यक्ष सुबर्ण अर्याल नेपाल पत्रकार माहसंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायत उपस्थित रहनुभएको थियो ।

उता, पर्वतको फलेवास नगरपालिका –७ लिमिठानामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस क्रान्तिकारी योद्धा प्रजातन्त्रका सेनानी स्वर्गिय कुलराज पाण्डेको ९ औँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । नेपाली काँग्रेस फलेवास नगर कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नगर सभापति हिरामणि सापकोटाले स्वर्गिय पाण्डेको निधनले पार्टीलाई अपुरणिय क्षेत्री पुगेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काँगस पर्वतकी जिल्ला सदस्य कोपीला शर्मा, नेपाली काँग्रेस कुर्घाका सभापति अमर वहादुर क्षेत्री, देविस्थानका स्थानिय नेता किरण श्रेष्ठ लगायतले शोक मन्तव्य राख्नुभएको थियो । नेपाली काँग्रेस लिमिठानको कार्यवाहक सभापति मोतीप्रसाद रेग्मी र कार्यक्रमको संचालन कृष्णप्रसाद पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति १० मंसिर २०७७, बुधबार ०१:२४