जनताका गुनासा सुन्न काँग्रेस नेताहरु गाउँगाउँमा

मंसिर १०, पर्वत । जिल्लामा रहँदा गाउँमै पुगेर नागरिकसँग भेटघाट गर्न रुचाउने नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी कोरोना कहरका बिचमा पनि जनताका समस्या बुझ्नमै तल्लिन छन् । कोभिड–१९ को महामारी यता प्राय जिल्लामै रहेका जोशीले स्वास्थ्य सजकता अपनाउदै निरन्तर रुपमा गाउँगाउँ पुगेर कोरोनाले पारेको प्रभाव, विकास निर्माणको अवस्था, जनतालाई परेको समस्या बुझ्नमै ब्यस्त रहदै आएका छन् । नेता तथा कार्यकर्ताको निधन हुँदा होस् वा बिरामी भएर ओछ्यान पर्दा होस जोशी घरमै पुगेर परिवार र बिरामी नेता कार्यकर्तालाई ढाडस दिने गर्दै आएका छन् ।
०५६, ०६४ र ०७० सालको निर्वाचन तत्कालिन पर्वत १ बाट जितेका जोशीले पछिल्लो निर्वाचनमा पराजित भएपछि जिल्लामा सक्रियता थप बढाएका छन् । अहिले नेकपाको दुई तिहाई नजिक सरकार रहेपनि आफुले अगाडी बढाएका योजनाबाहेक खासै नयाँ योजना नआएको भन्दै जोशीले आफुले सुरुवात गरेका सडक, खानेपानी, सिंचाई, तटबन्ध निर्माणको अवस्थाको बारेमा बुझ्ने कामलाई तिब्रता दिदै आएका छन् । ‘हिजो गाउँगाउँमा सडक थिएन, बिजुली थिएन, खानेपानीको विकराल अवस्था थियो, सिंचाई, स्वास्थ्य समस्या निकै ठुलो थियो, ती सबै समस्यालाई समाधान गर्दै लयमा ल्याउनका लागि कम्ती कठिनाई थिएन’ जोशी भन्छन्–‘अहिले ट्रयाक खोलिएका सडक, गाउँगाउँसम्म पुगेको बिजुली, सिंचाई, स्वास्थ्य र शिक्षाका संरचना म सांसद हुँदै भएका हुन ।’
अहिले नेकपा सरकारले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन नसक्ने अरु सबै काम गर्न सक्ने भएपनि जनताका काम गर्न नेकपा सरकार चुकेको बताए । ‘अहिलेका बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतको बान्द्रेबिडीचौरमा निर्वाचन ताका दुई बर्षभित्रै पोखराहुँदै कुश्मादेखि बेनीसम्म रेल पु¥याउने घोषणा गरेकै हुन, घरघरमा ग्यासको पाइप, पानीजहाज पु¥याउने, जिल्लाभरी वडा कार्यालय जोड्ने सडक कालोपत्रे गराउने दाबी गरेका थिए, खै ती घोषणा कहाँ गए ?’ जोशी प्रश्न गर्दै भन्छन्–‘कम्युनिष्ट सरकार बोल्छ काम गर्दैन, नेपाली काँग्रेस नहुने बोल्दैन, आफुले गरेका कामको प्रचार पनि गर्दैन । तर जनताको जनजिविका सबाल र स–साना समस्यालाई पनि काँग्रेसले समाधान गर्नमा लाग्छ ।’
जोशीले गाउँगाउँसम्म पुग्दा आफुले गरेका विकासबाट धेरै प्रगति नभएको दाबी गर्छन । कोरोनाबाट गाउँगाउँमा ठुलो प्रभाव परेपनि ती समस्या समाधान गर्नमा नेकपा सरकार असफल भएको जोशीको दाबी छ । अहिलेको महामारीमा कतिपय नेताहरु बाहिर ननिस्केको अवस्थामा पनि जोशीले गाउँमा पुगेर जनताका गुनासा सुन्नमा तिब्रता दिइरहेका छन् । यसैगरी नेपाली काँग्रेसको स्थानीय तह समन्वय विभागका केन्द्रीय संयोजक रहेका अर्जुनप्रसाद जोशीले मंगलबार मात्रै शंकरपोखरी, थापाठाना, कार्कीनेता, खौलालाकुरी, आर्थरडाडाखर्क पुगेर फर्किएका छन् ।

फलेबास नगरपालिका वडा नम्बर ३ स्थित राहालेपानीका काँग्रेस कार्यकर्ता सावित्री तिवारीको निधन भएको नौ औ दिनमा परिवारजनलाई भेटेर जोशीले समवेदना दिए । तिवारी÷त्रिपाठी प्रतिष्ठान पर्वतले आयोजना गरेको श्रद्धाञ्जलीसभालाई सम्बोधन गरेका जोशीले सावित्रि तिवारीको निधनले काँग्रेसमा अतुलनीय क्षति पु¥याएको बताए । उनले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद तिवारीको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभामा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारी, फलेबास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारी, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य डा.चुडामणी शर्मा, जिल्ला कार्य समिति सदस्य एवम् केन्द्रीय यातायात समन्वय विभाग सदस्य शिवप्रसाद सुबेदी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, फलेबास–३ का वडा अध्यक्ष अर्जुनबहादुर कार्की, नेपाल तरुण दल कुश्मा नगरपालिकाका अध्यक्ष सुबर्ण अर्याल, नेपाली काँग्रेस पिपलटारीका सभापति बिष्णुहरी तिवारी, नेकपा शंकरपोखरीका अध्यक्ष कमल भुसाललगायतको उपस्थिति रहेको थियो ।

यसैगरी नेपाली काँग्रेसका नेता अर्जुनप्रसाद जोशी, नेपाली काँग्रेसका महासमिति सदस्य एवम् केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारी, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य डा.चुडामणी शर्मा, जिल्ला कार्य समिति सदस्य एवम् केन्द्रीय यातायात समन्वय विभाग सदस्य शिवप्रसाद सुबेदी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, फलेबास–३ का वडा अध्यक्ष अर्जुनबहादुर कार्की, नेपाल तरुण दल कुश्मा नगरपालिकाका अध्यक्ष सुबर्ण अर्यालसहितको टोलीले फलेबास–३ का गंगाधर भुसालको निधन भएको १२ औ दिनमा घरमै पुगेर परिवारलाई समबेदना दिएको छ । त्यसैगरी जोशीसहित नेताहरुले कुस्मा–१४ आर्थरका भेषबहादुर क्षेत्रीको निधन प्रति पनि घरमै पुगेर दुःख ब्यक्त गर्दै परिवारलाई समवेदना दिएको छ ।

प्रकाशित मिति १० मंसिर २०७७, बुधबार ०३:३९