नेवि संघ पर्वतले  कोरोना बिरुद्ध गाउँगाउँमा पुगेर सचेतना फैलाउने

मंसिर १०, पर्वत । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ पर्वतले जिल्लाका सात वटै स्थानिय तहमा कोभिड–१९ सम्बन्धि जनचेतना मूलक कार्यक्रम संचालन गर्ने भएको छ । संघको बुधवार कुश्मामा बसेको कार्य समिति बैठकले जिल्लामा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि वडावडामा पुगेर जनचेतना मूलक कार्यक्रम गर्ने र आवश्यक ठाउँमा स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको नेपाल विद्यार्थी संघ पर्वतका सभापति मिलन सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले नेपाल विद्यार्थी संघ पर्वतको संगठन विस्तार अभियानलाई अझै शसक्त रुपमा अगाडि बढाउने, स्थानीय निकाय तथा सार्वजानिक क्षेत्रमा भएको बेतिथी विकृतिलाई न्यून बनाउनका लागि पालिका नेवि संघलाई प्रोत्साहित गर्ने र कोभिड–१९ का कारण आक्रान्त पारेकोले स्थानियस्तर, टोलटोल र बस्तिमा पुगेर जनचेतनामूलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।
जनचेतना मुलक अभियान संचालनका लागि केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले आवश्यक मास्क र सेनिटाइजर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उक्त सामाग्री पालिका नेवि संघ मार्फत वितरण गर्ने अध्यक्ष सुवेदीले बताउनु भयो । बैठकमा सात वटै स्थानीयतहका निर्वाचित नेवि संघका संयोजकहलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।


बैठकलाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले कोरोना भाइरसका कारण शिक्षा क्षेत्रमा गम्भीर असर परेको बताउँर्दै त्यसबारे सरकार खासै गम्भीर नभएको आरोप लगाउनु भयो । दुई तिहाइको जनमत पाएको सरकारले जनतालाई सुशासन दिनुको सट्टा भष्ट्राचारमा लिप्त भएको उल्लेख गर्नुभयो । उहाँले सरकारकै कारण जनताले दुःख पाएको भन्दै समस्या समधानमा लाग्न नेवि संघलाई आग्रह गर्नुभयो । नेवि संघ नेपाली काँग्रेसको नर्सरी रहेको भन्दै सात वटै पालिकामा संगठनमा गतिबिधिहरु तिव्रताका साग अघि बढाउन निर्देशन दिनुभयो ।

नेपाली काँग्रेस पर्वतका जिल्ला सभापति खिमप्रसाद भूषाल र नेवि संघका निवर्तमान केन्द्रिय सदस्य शैलेन्द्र गौडेललले कांग्रेस एकजुट भए आगामी निर्वाचनमा सजिलै विजय हाँसिल गर्नसक्ने भनदै नेवि संघका गतिविधीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सुझाव दिनुभयो । नेवि संघ पर्वतका सभापति सुवेदीको सभापतित्वमा सम्पन्न बैठकको संचालन नेवि संघ पर्वतका सचिव बरदान पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति १० मंसिर २०७७, बुधबार १५:४५