चर्चित फुटबलर डिएगो म्याराडोनाको निधन

मंसिर ११, काठमाण्डौ । अर्जेन्टिनाका फुटबल ुलिजेन्डु डिएगो म्याराडोनाको निधन भएको छ । विश्वकै चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो । ुकार्डिक अरेस्टु (हृदयघात) का कारण उनको घरमै निधन भएको बताइएको छ ।

दुई हप्ताअघि मात्रै ुब्लड कल्टु बनेपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाला विश्व कपको उपाधि दिलाएका थिए । आफ्नो करियरमा बार्सिलोना र नापोलीबाट खेलेका म्याराडोनाले दुई ओटा सिरिए एु को टाइटल पनि जिताएका छन् ।

प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार ००:२४