नारायणगढमा रहेका पूर्वयुवराज पारस शाहको छातीमा समस्या, चिकित्सकको टोली होटलमै पुगेर उपचार गर्दै

मंसिर ११, चितवन । पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएको छ । चितवनमा रहेका शाहको छातीमा समस्या देखिएपछि चिकित्सकको टोली उनी बसेको होटलमै उपचारका लागि पुगेको छ। सोमबार दिउँसो भैरहवाबाट आफैंले गाडी चलाएर चितवन आइपुगेका उनी नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसेका थिए।

अपरान्ह छातीमा समस्या देखिन थालेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मी नेतृत्वको टोली स्वास्थ्य सामग्रीसहित उपचारमा खटिएको छ। डा। रेग्मीकाअनुसार पूर्वयुवराज शाह अहिले आराम गरिरहेका छन्। अहिले इसिजी र रगत परीक्षणको तयारी भइरहेको रेग्मीले बताए। इसिजी रिपोर्टपछिको अवस्था हेरेर उनलाई अस्पताल लैजाने तयारी भएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले जानकारी दिए।

यसअघि शाहलाई तीन पटकसम्म हर्टअट्याक भएको थियो।#setopati.com

प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार ००:५५