सलमान, शाहरुख, क्याटरिना, दिपिका र ऋतिक एउटै फिल्ममा

मुम्बई । सलमान खान र शाहरुख खानलाई एउटै पर्दामा देखिनु दुर्लभ जस्तै हुन पुगेको छ । बलिउड बक्स अफिसमा ठूला स्टार मानिने सलमान र शाहरुख एउटै फिल्ममा नदेखिएको धेरै भयो । कतिपय दर्शकले दुई खानलाई एउटै पर्दामा देख्न चाहेको अभिब्यक्ति पनि बेला बेलामा सुनिन्छ ।

निर्मातारनिर्देशक आदित्य चोपडाले दर्शकको यो चाहना पूरा गर्ने दावी गरेका छन् । सलमान र शाहरुख मात्रै हैन । एउटै फिल्ममा दुई खानको अतिरिक्त ऋतिक रोशन, कैटरिन कैफ र दिपिका पादुकोणलाई पनि अभिनय गराउने उनको योजना छ ।

सन २०२३ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको उक्त फिल्ममा सबै कलाकार एजेन्टको रुपमा देखिने बताइएको छ । हिन्दी फिल्म ‘एक था टाइगर’ मा सलमान र क्याटरिना एजेन्टको भुमिकामा थिए ।

प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार ०१:०३