पर्वतको कुश्मा र फलेवास नगरपालिकामा १६ दिने अभियान संचालन

मंसिर ११, पर्वत । पर्वतका दुई नगरपालिकाले महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु गरेका छन् । फलेवास नगरपालिकाको कार्यालयमा ‘म हिंसा गर्दिन, हिंसा सहन्न,हिंसा भए, गरेको भएमा प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धता लेखिएको व्यानरमा नगर प्रमुख पदमपाणि शर्माले हस्ताक्षर गरेर अभियानको शुरु गर्नुभएको छ । उक्त प्रतिवद्धतामा हस्ताक्षर गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले लैंगिक हिंसा समाजको कलंक भएकाले यसलाई तल्लो तहदेखिनै निराकरण गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कुश्मा नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता ः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता लेखिएको व्यनारमा उपप्रमुख सिता काफ्ले लामिछानेले हस्ताक्षर गरेर अभियानको शुरुवात गरेको उपप्रमुख काफ्लेले जानकारी दिनभुयो । कोरोना भाइरसको माहमारीमा कुनै पनि औपचारीक कार्यक्रमको आयोजना नगरेको उहाँले भनाई छ । नगरपालिकाको कार्यालय परिसरमा ब्यानर सहित महिलाहरुको पक्षमा एकवद्धाता जनाउन सामाजिक मापदण्डको पालना गर्दै हस्ताक्षर अभियानको शुरुवात गरेको काफ्लेले बताउनु भयो ।

सन् २०३० सम्म जारी रहने सो अभियान हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म बनाईदै आएको छ । पुरुष तथा महिला बीचमा हुने असमानताको खाडल पुरेर महिलाको जीवनस्तर उकास्ने लक्ष्य सो अभियानले लिएको छ । गत वर्ष मात्र विश्वका २४ करोड ३० लाख महिला नजिकका पुरुष साथीबाटै हिंसा भोग्न बाध्य भएको संयुक्त राष्ट्रसंघको तथ्याङक छ । सो मध्ये ४० प्रतिशत महिलाले न्यायको साहारा लिएका थिए ।

प्रकाशित मिति ११ मंसिर २०७७, बिहीबार ०२:००