काँग्रेस नेता राजेन्द्रप्रसाद तिवारीले आफ्ना क्षेत्रका जनतालाई १० लाख बराबरको सुरक्षा सामग्री वितरण गर्ने

मंसिर १२, पर्वत । नेपाली काँग्रेसका युवा नेता एवम् प्रदेश सभा सदस्य पदका उम्मेवार राजेन्द्र प्रसाद तिवारीले आफ्ना निर्वाचन क्षेत्रका सबै घरधुरीलाई आवश्यक स्वास्थ्य सुरक्षित सामग्री वितरण गर्ने भएका छन् । कोभिड–१९ को संत्रास समुदायमा फैलिएको अवस्थामा यसको रोकथाम र नियन्त्रणका लागि तिवारीले त्यहाँका १८ हजार घर धुरीलाई मास्क, स्थानिटाइजर र साबुन वितरण गर्ने भएका हुन् । पर्वत जिल्लाको निर्वाचन क्षेत्र नम्वर २ (ख) वाट प्रदेश सभा सदस्य पदका उम्मेदवार बनेका तिवारी प्रदेश सभा निर्वाचनमा झिनो मतन्तारले पराजय भएका थिए । निर्वाचनमा पराजय भोगे पनि जनताको दुःख सुखमा सँधै साथ दिएका तिवारी नेपाली काँग्रेसका लोकप्रिय युवा नेता हुन् ।

जिल्लामा आउने भैपरी समस्यादेखी जनताका व्यक्तिगत समस्या समाधानका केन्द्रित रहँदै आएका तिवारीले व्यतिगत खर्चमा १० लाख बराबरको सुरक्षित स्वास्थ्य सामग्री वितरण गर्ने लागेको बताए । शुक्रवार (आज) फलेवास नगरपालिकाका वडा नम्वर ४,५ र ६ बाट उक्त सामग्री वितरण गर्ने कार्यक्रम रहेको तिवारीले जानकारी दिए । शनिवार लिमिठना र बिहादी गाउँपालिका–१ बाच्छामा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ । फलेवास नगरपालिका सहित महाशिला, बिहादी र पैयु गाउँपालिका उनको निर्वाचन क्षेत्रमा पर्छन् । तिन चरणमा उक्त क्षेत्रमा सामग्री वितरण गर्ने उनको भनाई छ । अनुकुल मिलेको ठाउँमा स्वयम आफै उपस्थित भएर सामाग्री वितरण गर्ने र अनुकुल नभएको ठाउँमा वडा कमिटि, नेवि संघ र तरुण दल मार्फत जनताका घरघरमा स्वास्थ्य सामग्री पु¥याउने तिवारीले गण्डकी संचारलाई जानकारी दिए ।

नेता तिवारीले आफ्नो निर्वाचन सँगै क्षेत्र नम्वर १ (क) का प्रत्येक घरधुरीलाई पनि आवश्यक स्वास्थ्य सामाग्री उपलव्ध गराउने जनाउनु भएको छ । नेपालमा कोरोना भाईरस भित्रिएसँगै लकडाउन भएका कारण आफु तत्काल निर्वाचन क्षेत्रमा आउन नसकेपनि जनताका समस्या नजिकवाट हेरेको उनको भनाई छ । ‘विपन्नका लागि स्थानीय सरकारले राहत उपलव्ध गराउँदै आएका छन् । संघसंस्थाले पनि एकद्धार प्रणली मार्फत राहात दिएका छन् । गाउँघरमा कोरोनाबाट सुरक्षित रहन सामान्य स्वास्थ्य सामाग्ी अभाव देखेकाले वितरण गर्न आएको हुँ,’ तिवारीले भने । नागरिकलाई समस्या परेको खण्डमा खाद्यान्न समेत वितरण गर्ने योजना रहेको तिवारीले सुनाउनु भयो ।

प्रकाशित मिति १२ मंसिर २०७७, शुक्रबार ००:४१