पर्वतको मालढुङ्गामा बस दुर्घटना ७ जनाको मृत्युु घाइतेहरूलाई हेलिकप्टरबाट उद्दार गरिदै

पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्वरको बस विहान साढे ८ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ३४ जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । गम्भीर घाइते दश जनालाई हेलिकप्टर लाई पोखरा पठाईएको छ। घाइतेहरू मध्ये चार जनाको उपचारको क्रममा मृत्युु भएको छ। मृतक तथा घाईतेहरुको सनाखत भने हुन सकिरहेको छैन । अहिले जिल्ला प्रहरी कार्यालय पर्वत र बागलुङको टोलीले घाईतेहरुको उद्धार गरी जिल्ला अस्पताल पर्वत र धौलागिरि अञ्चल अस्पताल बागलुङ तर्फ पठाएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । विस्तृत बिबरण आउन भने बाँकी रहेको छ ।

प्रकाशित मिति ३ माघ २०७५, बिहीबार ०४:४५