मंसिर १२, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।
इस्मा(४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप बिहान सडकबाट खसेको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले बताउनुभयो । उहाँका अनुसार जीपमा रहेका तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको हो । अर्का एक जना घाइते भएका छन् ।
घटनास्थलमा अहिले उद्धारको काम भइरहेको छ । थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति १२ मंसिर २०७७, शुक्रबार ०३:४०