स्वर्गिय पाण्डेको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न

मंसिर १४ पर्वत । नेपाली काँग्रेस फलेवास नगरपालिका–७ लिमिठाना वडा कार्य समितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस आमन्त्रित जिल्ला सदस्य प्रमोद पाण्डे र शिक्षाप्रेमी अचुत राज पाण्डेका पिता स्वर्गिय कुलराज पाण्डेको १३ औँ दिनको पुण्य तिथीमा शोक सभा सम्पन्न भएको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले स्वर्गिय पाण्डेको निधनले पार्टीलाई अतुल्नीय क्षती पुगेको बताउनु भयो । मुलुकमा प्रजातन्त्र स्थापना गर्न स्वार्गिय पाण्डेको अहम भूमिका रहेको नेता जोशीले बताउनु भयो । साथै उहाँले देखाएको बाटोमा हिँड्न्पर्ने जोशीको तर्क छ ।

नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल, नेपाली काँग्रेस पर्वतका पार्टी सचिव अशोक उचै ठकुरी, नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेसका यातयात विभागका केन्द्रिय सदस्य एवम् आमन्त्रित जिल्ला सदस्य शिवप्रसाद सुवेदी, नेपाल काँग्रेस महिला विभागकी केन्द्रिय सदस्य रेखा गुरुङ,नेपाली काँग्ेसका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, महाधिवेशन प्रतिनिधी एवम् कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, महाधिवेशन प्रतिनिधी मुना भुषाल, नेपाली काँग्रेस पर्वतका आमन्त्रित जिल्ला सदस्य थमन सिँह थापा, कोपिला शर्मा, नेपाल शिक्षक संघ प्रदेश सभा ख का सचिव धर्मराज भुषाल,नेपाल महिला संघकी कार्यवाहक अध्यक्ष मुना शर्मा लामिछाने, नेपाल विद्यार्थी संघ पर्वतका अध्यक्ष मिलन सुवेदी, प्रेश युनियन पर्वतका सचिव साजन परियार, नेपाल शिक्षक संघ फलेवास नगर कार्य समिकिा सभापति पूर्णकुमार श्रेष्ठ, नेपाल विद्यार्थी संघका निर्वतमान केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौडेल, नेपाली काँग्रेस कुर्धाका स्थानीय नेता भवानी शर्मा, नेपाली काँग्रेस लिमिठानाका सदस्य द्रोणराज पन्त, मोतीप्रसाद रेग्मी र धन्यवाद मन्तव्य परिवारका प्रमोद पाण्डे राख्नु भएको थियो ।

नेपाली काँग्रेसका वडा सभापति गोविन्दप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेसका उपसभापति निर्मलराज पाण्डे र कार्यक्रम संचालन नेपाली काँग्रेस लिमठिानाका सचिव मुकुन्द पन्तले गर्नुभएको थियो ।

प्रकाशित मिति १४ मंसिर २०७७, आईतवार ०१:०२