काँग्रेस नेता तिवारी र भुषालले वितरण गरे स्वास्थ्य सामग्री

मंसिर १४, पर्वत । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् प्रदेश सभा सदस्य पदका उम्मेदवार राजेन्द्र प्रसाद तिवारीले आफ्नो निर्वाचन क्षेत्रका सबै घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फवाट क्षेत्र नं. २ (ख) बाट उम्मेदवारी दिएका तिवारीले व्यक्तिगत खर्चमा स्वास्थ्य सामाग्री वितरण गर्न लागेका हुन् । उनको निर्वाचन क्षेत्रमा १८ हजार घरधुरी छन् । कोभिड–१९ को संत्रास समुदायमा फैलिएको अवस्थामा यसको नियन्त्रण र रोकथामका लागि सागम्री वितरण गरिएको हो । गाउँघरमा कोरोनाबाट सुरक्षित रहन सामान्य स्वास्थ्य सामग्री अभाव देखेकाले उक्त सामाग्री उपलव्ध गराएको नेता तिवारीले गण्डकी संचारलाई जानकारी दिनुभयो ।
फलेवास नगरपालिका– देविस्थानवाट अभियान थालेका तिवारीले शनिवार फलेवास ५ खानीगाउँ, ७ लिमिठाना र बिहादी गाउँपालिका–१ बाच्छाका सर्वसाधारणलाई आवश्यक पर्ने मास्क, साबुन र सेनिटाईजर वितरण गरेका हुन् ।
उक्त सामग्री नेपाली काँग्रेस वडा कार्य समितिलाई प्रदान गरिएको छ । वडा समितिले प्रत्येक नागरिकको घरघरमा पुगेर वितरण गर्ने छन् ।
यता नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी मुना भुषालले पनि प्रदेश सभा ख का सर्वसाधारणलाई स्वास्थ्य सामग्री वितरण गरेकी छिन् । उनले शनिवार फलेवास नगरपालिका– ७ लिमिठाना, १० कुर्घा, महाशिला ५ लुंखु र होश्राङदीका नागरिकका लागि ५÷५ सय थान मस्क वितरण गरेकी हुन् ।

प्रकाशित मिति १४ मंसिर २०७७, आईतवार ०२:३८