पाँच वर्षपछि डिमुवा नवजागृतको मैदानमा खेलियो क्रिकेट

मंसिर १५, पर्वत । युवा तथा बालबालिकालाई क्रिकेटप्रति मापर्वतको मोदी गाउँपालिका –६ तिलाहार डिमुवाको नवजागृत क्याम्पसमाको खेलमैदानमा पाँच बर्षपछि क्रिकेट खेल खेलिएको छ । मोदी क्रिकेट क्लव र मोदी क्रिकेट क्लव विच भएको १२ ओभरको मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । पहिलो खेलमा कुस्मा क्रिकेट क्लवले टस जितेर ब्याटिङ गर्दै कप्तान कमल रिजालको व्यक्तिगत ३४ रनको सहयोगमा १३२ जोडदै १३३ लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पच्छाएको मोदिले सबै ओभर खेल्दै मात्र ८२ रन जोड्दा पहिलो खेलमा कुस्मा क्रिकेट क्लव विजयी भयो ।

दोस्रो खेलमा मोदि क्रिकेट क्लवले टस जितेर ब्याटिङ ग¥यो । मोदिका लागि कप्तान अमृत लामिछानेले ३० बलमा व्यक्तिगत ६० रनको योगदान गदै मोदिले १०३ को योगफल तयार गर्दै कुस्मा लाई १०४ को लक्ष्य प्रस्तुत गरेका थिए । लक्ष्य पच्छाउने क्रममा कुस्मा क्रिकेट क्लवले सबै ओभर खेल्दा मात्र ७८ रन जोडदा मोदी क्रिकेट क्लवले वलरहरुको कसिलो बलिङको मद्दतमा जित हात पार्न सफल भयो ।खेलमा दर्शक एवम खेलाडीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
खेलमा जिल्ला क्रिकेट संघ पर्वतका सचिव दिपेन्द्र लामिछाने कुस्मा क्रिकेट क्लवका तर्फबाटसहभागी थिए भने संघका सदस्य अमृत लामिछाने मोदि क्रिकेट क्लवका तर्फबाट खेलमा सहभागी भएका थिए।

प्रकाशित मिति १५ मंसिर २०७७, सोमबार ०३:००