इङ्ग्लिस प्रिमियर लिग : फुलह्यामले लेस्टर सिटीलाई हरायो

मंसिर १६, काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा राति भएको खेलमा फुलह्यामले लेस्टर सिटीलाई हराएको छ ।

लेस्टर घरेलु मैदानमै फुलह्यामसँग २(१ ले पराजित भएको हो । फुलह्यामको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले १र१ गोल गरे ।

लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ । फुलह्याम ७ अंकका साथ १७ औं स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति १६ मंसिर २०७७, मंगलवार ०१:३८