काँग्रेस नेतृ भुसालद्धारा पर्वतका संचार माध्यमहरुलाई स्वास्थ्य सामग्री सहयोग

मंसिर १६, पर्वत । नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधी एवम् महिला नेतृ मुना भुसालले पर्वतमा क्रियाशिल संचार माद्यामहरुलाई मास्क सहयोग गर्नुभएको छ । पर्वतकी पूर्व पत्रकार समेत रहनुभएकी नेतृ भुसालले कोभीडको समस्यामा पत्रकार तथा सञ्चारकर्मीहरु पनि अग्रस्थानमा खटिएर काम गर्नुपर्ने हुँदा कोरोनाको जोखिम बढ्ने भन्दै ६ सय ५० थान मास्क सहयोग गर्नुभएको हो ।

भुसालले पत्रकार महासंघ पर्वतका अध्यक्ष छबिलाल तिबारीलाई मास्क हस्तान्तरण गनुभएको हो । भुसालले आफु पनि पहिले यसै क्षेत्रमा क्रियाशिल रहेर काम गरेको अनुभब सुनाउँदै व्यक्तिगत खर्चमा स्वास्थ्य सामाग्री वितरण गरेको बताउनुभयो ।

कोरोना भाइरसको संत्रास समुदायमै फैलिएको अवस्थामा थोरै भएपनि पत्रकारहरुलाई राहत महशुस होस् भन्ने हेतुले मास्क वितरण गरेको उहाँको भनाई छ । ‘संख्याको हिसावले मास्क थोरै भएपनि यो मेरो पत्रकारिता पेशाप्रतिको माया र सद्भाव हो । मेरो सद्भावलाई स्वीकार गर्नुभएकोमा नेपाल पत्रकार महासंघलाई धन्यवाद व्यक्त गर्दछु,’भुषालले भन्नुभयो । कोराना भाईरसवाट विगतमा आफुपनि संक्रमित भएको बताउँदै यस रोगवाट जोगिने उपाय भनेको सामाजिक दुरी कायम गर्ने, सावुन पानीले हात धुने र अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने उहाँको भनाई छ ।

नेपाल तरुण दलकी केन्द्रिय पर्सद समेत रहेकी भुषालले जनतालाई सुसूचित गरि खवरदारी गर्दै अग्रपंक्तिमा खटिएर सुचना प्रवाह गर्ने पत्रकारहरु कोरानाको उच्च जोखिममा रहेकोले बताउँदै सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँको तर्क छ ।भुषालले पर्वतका विभिन्न क्षेत्रमा पुगेर पनि मास्क वितरण गदै कोरोना सम्बन्धी सेचतना फैलाउँदै हिड्नु भएको छ ।

प्रकाशित मिति १६ मंसिर २०७७, मंगलवार १४:४९