पर्वतको जलजलामा काँग्रेसको श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

मंसिर १६, पर्वत । नेपाली काँग्रेस पर्वतको मल्लाजमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेसका पर्वतका जिल्ला सदस्य कृष्ण केसी, नेपाल तरुण दलका सदस्य रामवहादुर केसी र प्रकाश केसीका बुवा स्वर्गिय दलवहादुर खत्री केसीको १० औँ दिनको पु०य तिथीमा श्रद्धाञ्जली सभा भएको हो ।

शोक सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय अर्जुनप्रसाद जोशीले स्वर्गिय केसीको निधनले पार्टीलाई अपूर्ण क्षती पुगेको बताउनु भयो । स्वर्गिय केसीले मुलुकको प्रजातन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उहाँका सपना पुरा गर्ने उद्देश्य नेपाली काँग्रेसको काँधमा आएको जिकिर गर्नुभयो । नेता जोशीले कम्युनिष्टको दुई तिहाई बहुमत सरकारले मुलुकमा निरकुंश लाद्न खोजेकोप्रति कडा टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वत सभापति खिमप्रसाद भुषालले स्वर्गिय केसीको निधनप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले काँग्रेस एक ढिक्का भएर देश र जनताको पक्षमा काम गरेमात्र स्वर्गिय केसीको आत्मले शान्ति पाउने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतको कोषाध्याक्ष एवम् जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’, नेपाली काँग्रेसका महासमितिहरु सदस्य भवानी शंकर शर्मा पौडेल, गंगाधर तिवारी, राधाकुमारी कुवँर क्षेत्री, महाधिवेशन प्रतिनिधी रुद्रलाल उपाध्याय,नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्यहरु रामवहादुर प्रसाई जिवन, कुलप्रसाद उपाध्याय, पशुराम पुरी, सरस्वती शर्मा जिज्ञासू, नेपाली काँग्रेस पर्वतका प्रदेश क का सचिव कृष्ण लामिछान जलजला गाउँपालिकाका –३ का वडा अध्यक्ष देवेन्द्र भण्डारी रवि , नेपाल शिक्षक संघको तर्फवाट ओमवहादुर जिसी,े नेपाल महिला संघ पर्वतकी कार्यवाहक सभापति मुना शर्मा लामिछाने, नेपाली काँग्रेस पर्वतका युवा नेता राजु आचार्य , नेपाली काँग्रेस जलजला गाउँपालिका–४ का पार्टी सभापति मेघनाथ पौडेल, नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेल, लगायतले शोक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य स्वर्गिय दलवहादुर खत्री केसकिो जेष्ठ सदस्य एवम् नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य कृष्ण केसीले राख्नुभएको थियो । जलजला गाउँपालिका–३ मल्लाजका सभापति शोवित बरवाल सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य चन्द्रवहादुर जिसी र कार्यक्रमको संचालन स्थानिय नेता चित्र रेग्मीले गर्नुभएको थियो ।

यसै बिच आज नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी एवम् कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, कुनपा ८ चुवाका वडा अध्यक्ष राजकुमार क्षेत्री, नेपाल टेड युनियन पर्वतका अध्यक्ष सुरेन्द्र केसी, नेपाल निजामती कर्मचारी युनियन पर्वतका अध्यक्ष यामप्रसाद शर्मा, नेपाली काँग्रेस खुर्कोटका सभापति कालिभक्त शर्मा लगायतका नेताहरु स्वर्गिय दलवहादुर खत्री केसीको घरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रकाशित मिति १६ मंसिर २०७७, मंगलवार १५:००