अमेरिकी राष्ट्रपति जो बाइडनलाई खुल्ला पत्र

प्रिय जो बाइडन
सादर नमस्कार !
हाम्रो पूर्वमा हजारौ वर्ष पहिले नै अभिवादन को माध्यम नमस्कारलाई हाम्रा पूर्वजहरूले सर्व स्वीकृती प्रदान गरेका हुन । जुन कुरा आज कोभिढ–१९ ले पनि प्रमाणित ग¥यो । आजको ३ हप्ता पछि तपांई यू.यस.ए (USA) जस्तो महाशक्ति राष्ट्रको सर्वोच्च पद राष्ट्रपतिको कुर्सिमा पदार्पण गर्दै हुनु हुन्छ । एउटा प्रजातान्त्रिक समाजवादी आस्थाका आधारमा हजुरलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना ।।

आज विश्व असमानता, विभेद, ब्यभिचार, गरिवी जस्ता मानव जाति र उसको सभ्यतालाई नै कलंकित वनाउदै अझ  Stefen Hokings को शब्दमा भन्ने हो भने “मानव सभ्यता लगायत पृथ्वी नै ध्वस्त हुने तर्फ अग्रसर छ ।”
प्राचिनकालमा तपाई जुन पदमा आसिन हुदै हुनुहुन्छ त्यस्तो शक्तिशाली ब्यक्तिलाई चक्रवर्र्ती महाराज भनिन्थ्यो । हाम्रो पूर्वमा जुन समयमा वर्तमान सभ्यताको सुरुवात समेत भएको थिएन । मध्ययूगमा नालन्दा, तक्षशिला जस्ता विश्वविद्यालयहरुले विचार, विज्ञान र सिद्धन्तहरुको प्रादुर्भाव गद्थे ।तपांई एउटा प्रजातांत्रीक समाजवादी भएको नाताले म र म जस्तै विश्वभर छरिएर रहेका करोडौ समाजवादीहरुले तपांइको शासनकाल र तपांइले गर्ने ब्यवहार प्रति चनाखो भएर हेरेका छन । तपाईप्रति जनताको धेरै छ ।
विश्व समाजवादी आन्दोलनका नेताहरू रोजा लग्जम्वर्ग, Billibrant, BPKoirala, Jaypriakash Narayan ,, लगायत सयकडौ पूर्वजहरूले मानव जातिलाई जुन सभ्यता र ब्यवहार, आचरण, सिद्धन्त र समानताको भाईचाराको नासो छाडेर गएका छन । तिनीहरूलाई एकपटक पुनर्जागरण गर्नु आजको आवश्यकता हो । जस्को प्रमुख जिम्मेवारी तपांइको कांधमा आएको छ ।
आज पृथ्वी कोभिढ–१९ वाट थिलो–थिलो भएको छ । सुन्दैछु तपांइकै मुलुकवाट खोप अविस्कार हुँदैछ । त्यसको मूल्य र सर्वसुलभता हामी जस्ता तेश्रो विश्वका गरिव मुलुकलाई मध्यनजर गरेर निर्धारण गर्नु होला । ा ।facebook , Tweter , Googal , microsoft, Apple Samsung , Alibaba Yamaha , adidas लगायतका सयकडौ कम्पनीहरुले गर्ने Income को Tax जो जो हामी जस्ता गरिवहरूको गास काटेर जम्मा हुन्छ । तपांइको मुलुक र G20 मा आवद्ध मुलुकहरूले तमाम गरिव देशहरुलाई वितरण गर्ने नितीको नेतृत्व लिनुहोला ।

आज जलवायू परिवर्तनको कारणवाट पृथ्वीको अस्तित्व माथी नै प्रश्न चिन्ह खडा भैरहेको वर्तमान प्ररिप्रेक्ष्यमा तपांइको देश लगायतका ठुला औधोगिक देशहरुले गरेको कार्वन उत्सर्गको कारणवाट भएको हो । तर उक्त अपराधको भागिदार तमाम Latin American , African , and Asian गरिवहरू वन्नु परिरहेको छ । त्यसलाई निस्तेज गरि पृथ्वीलाई जोगाई राखेर आगामी पुस्तालाई स्वच्छ पृथ्वी हस्तान्तरण गर्नु आजको प्रमुख आवश्यकता हो । वर्तमानमा धनि देशहरूले गरेको अपराधवाट जम्मा भएको सम्पती गरिव देशहरूले पाउनु उनीहरूको हक हो । तपाइको नेतृत्वले सो हकलाई स्थापित गर्नु होला ।
आज विश्वका केही धनाड्य मानिसहरुको हातमा सारा सम्पतीको ९०% स्रोतहरु जम्मा भएका छन । जम्मा १०५ स्रोतहरु अरबौंै मानिसहरु बाच्ने आधार हुन पुगेका छन । ९० कै दशकमा Fransis Fukuyama जस्ता अथशास्त्रीहरूले ध्यानाकर्षण गरेका थिए । कुनै पनि शाशकले आज पर्यन्त त्यतातिर ध्यान दिएका छैनन् । फलस्वरूप पुंजीवाद आज उदाङ्गो भएको छ । यसैलाई अर्थशास्त्रीहरू Cronny Capitalism भन्न वाध्य छन । तपांईले यो आवाजलाई सबभन्दा पहिले सुन्नु होला ।
अव बन्दुक, गोला, बारूद वन्द गरेर विश्वमा शान्ती, विकास, समानता, भाईचाराका कारखाना खोल्ने श्ुरुवात गर्नुहोला । वसुधैब कुटुम्वकमको सर्वस्वीकार्य सिद्धान्त अंगाल्नुहोला ।
प्रिय मित्र तपाँइ राष्ट्रपतिको सिंहासनमा वसेपछि औपचारिक घेरा भित्र हुने हुनाले मैले केही भन्न र लेख्न असहज हुने हुंदा आजै यति गन्थन गरें । श्रीकृष्णलाई सुदामाले भेटे जसरी ।।
हवस विदा हुन्छु । शुभ रात्री ।।

विपि कोइरालाको देश नेपालवाट
एउटा समाजवाद को विद्यार्थी ।।

लेखक बालचन्द्र शर्मा नेपाली काँग्रेस पर्वतका युवा नेता हुन् । पर्वत जिल्लाको फलेवास नगरपालिका ६ देविस्थान निवासी शर्मा पछिल्लो समय पर्वत काँग्रेसको राजनितिमा सक्रिय हुनुहुन्छ ।

प्रकाशित मिति १७ मंसिर २०७७, बुधबार ०२:३२